+977 9856083101 info@bhanjyang.coop.np
Event

श्रद्धांजलि सभा तथा राहत हस्तान्तरण कार्यक्रम सम्पन्न

श्रद्धांजलि सभा तथा राहत हस्तान्तरण कार्यक्रम सम्पन्न

भञ्ज्याङ्ग बचत तथा ऋण सहकारी संस्था लिमिटेडका शेयर सदस्य, रूपा गाउँपालिका–५, हट्टिया निवासी स्वर्गीय उत्तर कुमार श्रेष्ठज्यूको २०८३ जेष्ठ २९ गते ७४ बर्षको उमेरमा भएको असामयिक निधनको खबरले सम्पूर्ण सहकारी परिवार स्तब्ध र मर्माहत भएको छ। यो दुःखद घडीमा स्वर्गीय श्रेष्ठज्यूको आत्माको चिर शान्ति र कल्याणको कामना गर्दै, शोकसन्तप्त परिवारजन प्रति संस्था गहिरो समवेदना व्यक्त गर्दछौ।

सहकारीको सदस्य राहत कार्यविधि अनुसार, संस्थाले आफ्ना शेयर सदस्यहरूको मृत्यु भएमा उनीहरूको घरमै पुगेर श्रद्धांजलि सभा आयोजना गर्दै राहत हस्तान्तरण कार्यक्रम गर्दै आएको छ।

उक्त कार्यक्रमअन्तर्गत, संस्थाका व्यवस्थापक प्रेम भण्डारी ज्यूले श्रद्धांजलि प्रकट गर्दै संस्थाका सदस्य राहतको नीति, नियम, तथा प्रदान गरिने सेवाहरूबारे जानकारी गराउनुभयो। संस्थाका कोषाध्यक्ष मनोज श्रेष्ठज्यूले  राहत सुविधा अन्तर्गत रु ३०,००० (अक्षरुपी तीस हजार मात्र) बराबरको चेक र श्रद्धांजलि फ्रेम शोकाकुल परिवारलाई हस्तान्तरण गर्नुभयो।

स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दै, शोकाकुल परिवारलाई धैर्य र साहस प्राप्त होस् भन्ने हार्दिक कामना गर्दछौं।

Share this article: